Rule 14A
विभागले चुरोट र बिडीको प्रतिलब्धी दर तोक्न सक्ने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि चुरोट र बिडीको उत्पादनको प्रतिलब्धी दर विभागले तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विभागले प्रतिलब्धी दर नतोकेको अवस्थामा चुरोट र बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले पेश गरेको प्रतिलब्धी दर उपर जाँचबुझ गरी त्यस्तो प्रतिलब्धी दरलाई विभागले मान्यता दिन सक्नेछ ।